गुण्डुमा एमाले सचिवालय बैठक सुरु [तस्वीरहरू]
नेकपा एमाले
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको बैठकमा यसअघि अध्यक्ष ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनबारे छलफल गरी निर्णय गर्ने तयारी गरिएको छ ।
गत पुसमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन अहिलेसम्म हुन सकेको थिएन । आजको बैठकले सो विषय टुंगो लगाउने अपेक्षा गरिएको छ ।
त्यसैगरी, बैठकमा पार्टी पुनर्गठन र रूपान्तरणको मुद्दामा केही नेता तथा कार्यकर्ताहरूले चलाइरहेको अभियानबारे पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट










