`

एमाले सचिवालय बैठक सुरु(तस्वीरहरु)

Nepal One HD ९ जेठ २०८३ १२:५६
नेकपा एमाले

काठमाडौँ।नेकपा एमालेको सचिवालय बैठक गुन्डुमा सुरु भएको छ।

शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आजको बैठकमा आफ्ना धारणा राख्नेछन्। शनिबारको बैठकमा उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टसहित ९ जना सचिवहरूले आफ्नो मत प्रस्तुत गर्ने कार्यक्रम छ।

शुक्रबारको बैठकमा पाँच उपाध्यक्षमध्ये चार जनाले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिई पार्टी पुनर्गठनमा सहयोग गर्न सुझाव दिएका थिए।

पदाधिकारीहरूको धारणा सकिएपछि बैठक कार्यविभाजन, निर्वाचन परिणाम समीक्षा तथा कार्यदल गठनजस्ता एजेन्डामा प्रवेश गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *