इथानोल उत्पादनमा जोड दिऔँ : उधोगमन्त्री यादव
अर्थ समाचार
बारा। उधोगमन्त्री गौरीकुमारी यादवले बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको मधेस प्रदेश प्रादेशिक कार्यालयको निरीक्षण गरेकी छन् ।
निरीक्षणका क्रममा निगमका निमित्त निर्देशक नागेन्द्र शाहसहितको टोलीले मन्त्री यादवलाई निगमको वर्तमान अवस्था, इन्धन भण्डारण क्षमता तथा आपूर्ति व्यवस्थाबारे जानकारी गराएको थियो ।
मन्त्री यादवले पेट्रोलियम पदार्थको आयात घटाउन इथानोल उत्पादनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइन् । उनले इथानोललाई वैकल्पिक ऊर्जा स्रोतका रूपमा विकास गर्न निजी क्षेत्रलाई पनि उत्पादनमा सक्रिय हुन आग्रह गरिन् ।
अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको अवस्थामा गरिएको निरीक्षणका क्रममा मन्त्री यादवले मूल्यवृद्धिको प्रभाव कम गर्न दीर्घकालीन तथा वैकल्पिक उपायहरू अपनाउनुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
