`

काभा महिला भलिबल च्याम्पियनसिपमा भारतको लगातार दोस्रो जित

Nepal One HD ९ जेठ २०८३ १८:०६
खेलकुद

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपमा भारतले लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार सम्पन्न समूह ‘ए’ को खेलमा भारतले माल्दिभ्सलाई सोझो सेटमा २५–९, २५–१४ र २५–१७ ले पराजित गरेको हो ।

यसअघि पहिलो खेलमा भारतले घरेलु टोली नेपाललाई ३–२ को सेटमा हराएको थियो । माल्दिभ्स भने लगातार दोस्रो खेलमा पराजित भएको छ । दुई खेलबाट ५ अंक जोड्दै भारत समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

भारतले आफ्नो समूह चरणको अन्तिम खेल सोमबार किर्गीस्तान विरुद्ध खेल्नेछ । उता, पहिलो खेलमा पराजित नेपालले आज आफ्नो दोस्रो खेलमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालका लागि सेमिफाइनल यात्रा कायम राख्न यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ, जसमा जित अनिवार्य हुनेछ ।

शनिबारै सम्पन्न अर्को खेलमा समूह ‘ए’ अन्तर्गत कजाकस्तानले श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

काभा महिला भलिबल च्याम्पियनसिपका खेलहरू हिमालय स्पोर्ट्स टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *