`

भारतमा फेरि बढ्यो पेट्रोल-डिजेलको मूल्य

Nepal One HD १० जेठ २०८३ १३:५५
अर्थ समाचार

काठमाडौं। भारतमा पेट्रोलियम पदार्थको मूल्य पुनः बढेको छ । नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा वृद्धि भई ९९ रुपैयाँ ५१ पैसा पुगेको छ भने डिजेल ९१ पैसा बढेर ९२ रुपैयाँ ४९ पैसा कायम भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पछिल्लो ९ दिनमा भारतमा इन्धनको मूल्य तेस्रो पटक बढाइएको हो । लगातारको मूल्यवृद्धिले त्यहाँको बजारसँगै नेपालमा पनि प्रत्यक्ष प्रभाव पर्ने संकेत देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्नु यस वृद्धिको प्रमुख कारण मानिएको छ । इरान-अमेरिका तनाव, पश्चिम एसियामा बढ्दो अस्थिरता तथा आपूर्ति प्रणालीमा देखिएको दबाबका कारण विश्व बजारमा तेलको भाउ उकालो लागेको विश्लेषण गरिएको छ ।

भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको नेपालमा पनि इन्धनको मूल्य पुनः समायोजन हुन सक्ने अनुमान गरिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट आउने नयाँ खरिद मूल्यका आधारमा नेपाल आयल निगमले प्रत्येक १५ दिनमा मूल्य पुनरावलोकन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *