एसियन गेम क्वालिफायरका लागि दीपेन्द्रको कप्तानीमा १४ सदस्यीय टोली घोषणा
खेलकुद
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले एसियन गेम्स क्वालिफायरका लागि १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरी ले गर्नेछन् ।
घोषित टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामी, शेर मल्ल, नन्दन यादव, करण केसी, आरिफ शेख र शाहब आलम समावेश छन् ।
एसियन गेम्स क्वालिफायर टी–२० फरम्याटमा मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा आयोजना हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
