`

सभामुखको आदेश बिनै कांग्रेस सांसद निकालिए बैठकबाट

Nepal One HD १२ जेठ २०८३ १६:२१
नेपाली कांग्रेस

काठमाडौं। प्रतिनिधि सभा बैठकबाट कांग्रेस सांसद निकालिएका छन् । निकालिने कांग्रेस सांसद गीता सेन्दाङ हुन् ।

सभामुख डीपी अर्यालकाे आदेश बिनै मर्यादापालकहरुले कांग्रेस सांसद सेन्दाङलाई संसद् बैठकबाट निकालेका हुन् । जबकि, कुनै सांसदलाई बैठक कक्षबाट निकाला गर्नुपरे सभामुखले रुलिङ गर्नुपर्छ ।

तर, सभामुख अर्यालले रुलिङ गरेका थिएनन् । बैठकमा उनले फोटो खिचेको भन्दै बाहिर लगेको र मर्यादापालकले फोटो डिलिट गर्न लगाएको उनले बताएकी छन् ।

उनले आफूलाई बैठकमा फोटो र भिडियो खिच्न हुँदैन भन्ने थाहा नभएको बताएकी छन् । तर, सांसदलाई मर्यादा सिकाउने काम संसद् बैठकमा खटिने मर्यादापालकको होइन, सभामुखकाे हो । यस्ताेमा सभामुखले सुरुमा सचेत गराउन सक्छन् ।

सचेत गराउँदा पनि नमाने बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्छन् । प्रतिनिधिसभा नियमावलीको नियम ३१ मा यस सम्बन्धी प्रावधान छ ।

तर, कांग्रेस सांसद सेन्दाङलाई सभामुखको आदेशबिनै बाहिर किन निकालियो ? प्रश्न उठ्न थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *