आफ्ना सांसदलाई बैठकबाट निकालिएको भन्दै कांग्रेसको आपत्ति
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस ले आफ्ना सांसद गीता सेन्दाङ लाई प्रतिनिधिसभा बैठकबाट बाहिर निकालिएको विषयमा आपत्ति जनाएको छ ।
मंगलबारको बैठकमा बोल्दै कांग्रेसका सचेतक निष्कल राई ले सभामुखले पूर्वसूचना वा सचेतसमेत नगराई सांसदलाई बाहिर निकालिएको भन्दै विरोध जनाए ।
उनले प्रतिनिधिसभा नियमावलीको नियम ३० अनुसार कुनै सदस्यलाई बाहिर निकाल्नुअघि सभामुखले सचेत गराउनुपर्ने व्यवस्था रहेको उल्लेख गरे ।
‘नियमावलीअनुसार पहिला सभामुखले सचेत गराउनुपर्ने हो । तर त्यसो नगरी मर्यादापालकमार्फत हाम्रो सांसदलाई बाहिर निकालियो । यसप्रति हाम्रो गम्भीर आपत्ति छ,’ राईले भने ।
यता सभामुख डीपी अर्याल ले भने आफ्नै निर्देशनमा मर्यादापालकले गीता सेन्दाङलाई बैठकबाट बाहिर निकालेको स्पष्ट पारे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
