`

गीतालाई कारबाही, आशिकालाई छुट

Nepal One HD १२ जेठ २०८३ १७:३६
बिशेष

काठमाडौं। नेपाली कांग्रेस ले आफ्ना सांसद गीता सेन्दाङलाई प्रतिनिधिसभा बैठकबाट बाहिर निकालिएको विषयमा आपत्ति जनायो ।

कांग्रेसका सचेतक निष्कल राई ले सभामुखको पूर्वचेतावनीबिनै मर्यादापालकमार्फत सांसदलाई बाहिर निकालिएको भन्दै विरोध जनाए । उनले प्रतिनिधिसभा नियमावलीअनुसार कुनै सांसदलाई बाहिर निकाल्नुअघि सभामुखले सचेत गराउनुपर्ने व्यवस्था रहेको बताए ।

सेन्दाङलाई बैठकमा फोटो खिचेको आरोपमा बाहिर लगिएको र मर्यादापालकले फोटोसमेत डिलिट गर्न लगाएको बताइएको छ । उनले आफूलाई बैठकमा फोटो तथा भिडियो खिच्न नहुने जानकारी नभएको बताएकी छन् ।

यता सभामुख डीपी अर्याल ले भने आफ्नै निर्देशनमा मर्यादापालकले सेन्दाङलाई बाहिर निकालेको स्पष्ट पारेका छन् ।

यसबीच, सत्तापक्षकी सांसद आशिका तामाङले भने प्रतिनिधिसभा बैठकको फोटो फेसबुकमा सार्वजनिक गरेपछि सदनमा प्रतिपक्ष र सत्तापक्षका लागि फरक व्यवहार गरिएको भन्दै प्रश्न उठेको छ ।

आशिकाले फेसबुकमा राखेको फोटो : 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *