अहिले बसिरहेकै संसद भवनबाट बजेट ल्याइने
राजनीति
काठमाडौं । संघीय संसद् सचिवालयले यस वर्षको बजेट हाल प्रतिनिधिसभाको बैठक बसिरहेको बहुउद्देश्यीय संसद् हलबाट प्रस्तुत गर्ने तयारी गरेको छ।
निर्माणाधीन नयाँ संसद् भवनको फिनिसिङ लगायतका कामहरू अझै पूरा नभएकाले अस्थायी रूपमा यही हललाई बजेट प्रस्तुत गर्ने स्थलका रूपमा प्रयोग गर्न लागिएको हो।
बजेट प्रस्तुत गर्नुअघि गरिने नियमित अभ्यास (रिहर्सल) पनि यही बहुउद्देश्यीय हलमै बिहीबार गर्ने तयारी गरिएको छ। संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार नयाँ हलमा काम जारी रहेकाले हाल प्रयोगमा रहेको हलमै बजेट भाषणको तयारी अगाडि बढाइएको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
