आयोगले सरकारलाई भन्यो – ‘टीओबी’लाई खोजेर कारबाही गर
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उक्साएर सुरक्षा फौजमाथि हिंसात्मक व्यवहार गर्न प्रेरित गरेको भन्दै ‘टीओबी’ समूहलगायत व्यक्तिमाथि अनुसन्धान गरी कानुनी कारबाही गर्न सिफारिस गरेको छ ।
आयोगले भदौ २३ र २४ गतेको घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका व्यक्तिहरूलाई नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ लैजाने, भिडलाई उक्साउने तथा सुरक्षा फौजमाथि हिंसा गर्न प्रेरित गर्ने कार्य भएको निष्कर्ष निकालेको हो ।
प्रतिवेदनअनुसार उक्त घटनामा ‘टीओबी’ समूह तथा अन्य व्यक्तिहरूको भूमिका देखिएको तर आयोगको अधिकार क्षेत्र सीमित भएकाले विस्तृत अनुसन्धान गर्न नसकिएको उल्लेख गरिएको छ । त्यसैले ती व्यक्तिहरूमाथि सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कानुनअनुसार कारबाही गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ ।
