`

बालेनलाई चोख्याइयो

Nepal One HD १३ जेठ २०८३ १७:४३
बिशेष

काठमाडौं । २३ र २४ भदौका घटनामा बालेनले उन्मुक्ति पाएका छन्।  उनीसँग  जोडिएका सबैलाई कारबाही सिफारिस भयो तर उनले क्लिन चिट पाए। 

राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको प्रतिवेदन वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह बालेनको सम्बन्धमा अनौठो किसमले मौन देखिएको छ।  उनले आयोग पुगेर जेन–जी आन्दोलनका सम्बन्धमा बयान दिएका थिए । तर उनको सहभागिताबारे प्रतिवेदनमा नाम समेत उल्लेख गरिएको छैन। 

भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनको क्रममा सामाजिक सञ्जालबाट उनले आन्दोलनमा सहभागी हुन आग्रह गरेका थिए । त्यसपछि सेनासँग वार्ता गराउनमा समेत उनको प्रमुख भूमिका थियो। संसद विघटन उनकै रोहबरमा भएको थियो।  तत्कालीन सरकार गठनमा पनि उनी संलग्न थिए। 

आन्दोलनका लागि सामाजिक सञ्जालमा सक्रिय व्यक्तिहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको आयोग बालेनका सम्बन्धमा भने मौन बसेको छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *