`

सिंगापुर जाने राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ

Nepal One HD १४ जेठ २०८३ १९:१३
खेलकुद

काठमाडौं । एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर प्रस्थान गर्ने तयारीमा छन् ।बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाइ गरेको हो ।

प्रतियोगिता मे ३१ देखि सिंगापुरमा सुरु हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा मलेसिया र चीनसँग रहेको छ भने समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र आयोजक सिंगापुर रहेका छन् । यसअघि समूह ‘ए’ मा रहेको कतारले प्रतियोगिताबाट नाम फिर्ता लिइसकेको छ ।

बिदाइ कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको तयारी राम्रो रहेको र सिंगापुरमा सकारात्मक नतिजा ल्याउने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *