`

कोसी मन्त्रिपरिषद्का निर्णयः हलेसी र बराहक्षेत्र विकास समितिमा कार्यकारी निर्देशक नियुक्त

Nepal One HD १४ जेठ २०८३ १९:५३
राजनीति

मोरङ। कोसी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशकमा चक्रबहादुर राईलाई नियुक्त गरिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ निवासी राईलाई निर्देशकमा नियुक्त गरिएको प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले जानकारी दिनुभयो ।

यसैगरी बैठकले बृहत्तर बराहक्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का अभिझाल विष्टलाई नियुक्त गर्ने निर्णय भएको छ ।यस्तै, बैठकले आयोजना बैंक सूचना प्रणालीमा प्रविष्ट भएका आयोजनाको सूचीकृत विवरण कार्यान्वयनका लागि प्रदेश योजना आयोगलाई सहमति प्रदान गर्ने निर्णय गरिएको छ ।

सिँचाइ व्यवस्थापन हस्तान्तरण कार्यविधिलाई थप व्यवस्थित बनाउन सिँचाइ कार्यविधि–२०८३ लाई आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय भएको छ ।यस्तै, बैठकले पुरानो घर भत्काउँदा निस्कने पुराना काठ आवश्यक प्रक्रिया पूरा गरी ओसारपसार गर्नका लागि खुला गर्ने निर्णय बैठकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *