`

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

Nepal One HD १५ जेठ २०८३ ६:५३
समाचार

कास्की। पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड्यामसाइड बस्ने १४ वर्षीय स्वहेन नेपाली बेपत्ता भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिनुभयो ।

बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा गोताखोरसहितको १४ जनाको प्रहरी टोली उद्धारमा खटिएको थियो ।

सो टोलीले खोजी गर्ने क्रममा बालकलाई अचेत अवस्थामा उद्धार गरेको थियो । उद्धारपछि तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पु¥याएको र सोही क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *