फिफा विश्वकपको लागि क्यानडाको टोलीको घोषणा
काठमाडौं । आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि क्यानडाले २६ सदस्यीय टोली घोषणा गरेको छ।
मुख्य प्रशिक्षक जेसी मार्सले विश्वकपका लागि अन्तिम टोली सार्वजनिक गरेका हुन्। प्रतियोगितामा क्यानडा समूह ‘बी’ मा परेको छ। यस समूहमा बोस्निया–हर्जगोभिना, स्वीट्जरल्यान्ड र कतार रहेका छन्। क्यानडाले जेठ ३० गते बोस्निया–हर्जगोभिनाविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ।
क्यानडाको विश्वकप टोली
गोलरक्षक: म्याक्सिम क्रेपाउ, ओवेन गुडम्यान र डेने सेन्ट क्लेयर
रक्षक: मोइस बोम्बिटो, डेरेक कर्नेलियस, अल्फोन्सो डेभिस, लुक डे फौगेरोल्स, एलिस्टेयर जोनस्टन, अल्फी जोन्स, रिची लारिया, निको सिगुर र जोएल वाटरम्यान
मिडफिल्डर: अली अहमद, ताजोन बुकानन, म्याथ्यु चोइनियर, स्टिफन युस्टाक्वियो, मार्सेलो फ्लोरेस, इस्माइल कोने, लियाम मिलर, जोनाथन ओसोरियो, ज्याकब सफेलबर्ग
फरवार्ड: जोनाथन डेभिड, साइल लारिन, तानी ओलुवासेई र प्रोमिस डेभिड
