`

२२१ रनले जित्यो नेपाल

Nepal One HD १७ जेठ २०८३ ११:१८
खेलकुद

काठमाडौं । एसियन गेम्स क्रिकेट क्वालिफायर्समा नेपालले शानदार सुरुआत गरेको छ। आफ्नो पहिलो खेलमै नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको हो।

टस जितेर चीनले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो। त्यसको भरपुर फाइदा उठाउँदै नेपालले कुशल भुर्तेलको विस्फोटक शतकको मद्दतमा निर्धारित ओभरमा दुई विकेट मात्र गुमाएर ३१३ रनको विशाल योगफल तयार गर्‍यो।

३१४ रनको लक्ष्य पछ्याएको चीन नेपाली बलरहरू सामु टिक्न सकेन। चीनको पूरा टोली ९२ रनमै समेटिएपछि नेपालले २२१ रनको एकतर्फी जित हासिल गर्‍यो।

ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले प्रतियोगितामा बलियो सुरुआत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *