बालेनको बोलीको खण्डन गर्दै कांग्रेसले भन्यो – भारतको भूमि नेपालले कहाँ मिच्यो ?
नेपाली कांग्रेस
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा बैठकमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपालले पनि भारततर्फको सीमा मिचेको हुन सक्ने संकेत गरेपछि कांग्रेसले उक्त भनाइलाई गम्भीर र आपत्तिजनक भन्दै प्रतिक्रिया दिएको हो ।
उनले भनिन्, ‘भारतको भूमि नेपालले मिचेको भन्नुभयो । कहाँनेर मिचियो ? हामीलाई पनि थाहा दिनुपर्यो । होइन भने, दुई देशको सिमाबारे यस्तो गम्भीर र आपत्तिजनक कुरा प्रधानमन्त्रीले कसरी बोल्नुभयो ? यदि सीमा मिचेको हो भने प्रमाण देखाइयोस्, होइन भने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
कांग्रेसकी सचेतक बासना थापाले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै स्पष्ट प्रमाण माग गरेकी छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
