`

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान

Nepal One HD १८ जेठ २०८३ १४:५१
राजनीति

काठमाडौं।  प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक सुरु भएलगत्तै प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले आइतवार संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले आपत्ति जनाएका हुन्।

प्रधानमन्त्री शाहले नेपालले भारतको सीमा मिचेको भन्ने आशयको विवादित अभिव्यक्ति दिएको विषयलाई लिएर विपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाउँदै बैठकमा विरोध जनाएका हुन्।

उनीहरूले उक्त अभिव्यक्तिलाई गम्भीर कूटनीतिक संवेदनशीलताको विषय भन्दै तत्काल सच्याउन र संसदको अभिलेखबाट हटाउन माग गरेका छन्।

विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि बैठक केही समयका लागि तनावपूर्ण बनेको थियो। उनीहरूले प्रधानमन्त्रीबाट रोष्ट्रममार्फत स्पष्ट स्पष्टीकरण आउनुपर्ने अडान पनि दोहोर्याएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *