बढ्यो सुनको मूल्य
अर्थ समाचार
काठमाडौँ। नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएर ३ लाख ११ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ। सोमबार ५ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४०५ रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ५१७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
