`

चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिँदै ओली

Nepal One HD १९ जेठ २०८३ १२:०८
नेकपा एमाले

काठमाडौं । २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्। तर, अब उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने निश्चित भएको छ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार ओली जेठ २० र २१ गते केन्द्रीय संगठन विभागद्वारा आयोजित राष्ट्रिय कार्यशालामा सहभागी हुनेछन्। उनले ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने कार्यशालाको उद्घाटन गर्ने तय भएको छ।

काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने उक्त कार्यशाला जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुनेछ।

कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन्। साथै, प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू तथा जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको पनि उपस्थिति रहने प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *