बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, को-को बने सभापति ?
राजनीति
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।
पार्टीका प्रवक्ता भनिष झाले दिएको जानकारीअनुसार चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदैछ भने सिन्धुपाल्चोकको अधिवेशन विविध कारणले स्थगित गरिएको छ ।
हालसम्म सम्पन्न अधिवेशनबाट निर्वाचित जिल्ला सभापतिहरूको सूची हेरुनुहोस् :
- काठमाडौं – राजा शाक्य
- भक्तपुर – रामेश्वर बस्नेत
- काभ्रेपलाञ्चोक – प्रबिन ढकाल
- सिन्धुली – अविनाश बस्नेत
- रामेछाप – रमेश रायमाझी
- दोलखा – दिनेश बस्नेत
- नुवाकोट – रामेश्वर गजुरेल
- धादिङ – राजन अर्याल
- मकवानपुर – सन्जिव पाठक
रास्वपाले देशव्यापी संगठन सुदृढीकरण अभियानअन्तर्गत जिल्ला अधिवेशनहरू सञ्चालन गरिरहेको छ । बाँकी जिल्लाको अधिवेशन सम्पन्न भएपछि बागमती प्रदेशको नेतृत्व चयन प्रक्रिया थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
