`

‘म सबैको प्रिय बन्न होइन, बाँच्न आएकी हुँ’ – एलिना चौहान

Nepal One HD २५ जेठ २०८३ १३:११
मनोरञ्जन

काठमाडौं । गायिका एलिना चौहान फेरि सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा आएकी छिन्।

गायन प्रतिभाका कारण मात्र नभई आफ्ना व्यक्तिगत विचार र सामाजिक विषयमा लेख्ने स्टाटसका कारण पनि उनी प्रायः सार्वजनिक बहसमा आउने गर्छिन्।

पछिल्लो समय उनले समाजमा घटेका घटना र आफ्नो पारिश्रमिकबारे लेखेको स्टाटसपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन्। कतिपयले उनको अभिव्यक्तिलाई समर्थन गरेका छन् भने कतिपयले उनलाई विवादमा आउन जानाजान यस्ता विषय उठाउने गरेको आरोपसमेत लगाएका छन्।

सामाजिक सञ्जालमै ‘सधैँ किन एलिना नै विवादित हुनुपर्छ ?’ भन्ने प्रश्न उठिरहँदा उनले त्यसको जवाफ दिँदै आफ्नो धारणा सार्वजनिक गरेकी छिन्।

एलिनाले लेखेकी छिन्, ‘विष निल्यो भने भित्रै आफूलाई मार्छ, त्यसैले म ओकल्ने काम गर्छु।’

उनका अनुसार मानिसहरूले उनलाई धेरै बोल्ने, हरेक विषयमा प्रतिक्रिया दिने भनेर प्रश्न गर्ने गरेका छन्। तर सबैको स्वभाव एउटै नहुने र मौन बस्नु मात्र समस्या नहुन सक्ने उनको तर्क छ।

आफ्नो उद्देश्य स्पष्ट पार्दै उनले थप लेखेकी छिन्, ‘म सबैको प्रिय बन्न यो संसारमा आएकी होइन, म बाँच्न आएकी हुँ। म अरूको कारणले आफूलाई दुःख दिन चाहन्न।’

उनको यो स्टाटसले फेरि एकपटक सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ।

उनको स्टाटस जस्ताको त्यस्तै पढ्नुहोस् :

‘धेरै प्रश्न आउँछन्, मलाई किन यति धेरै बोल्नुपर्छ… तिमीलाई मात्र किन? सबैको स्वभाव एउटै हुँदैन। नबोल्ने मान्छेहरू समस्यामा छैनन् भन्ने पनि होइन। बस, यति हो,विष निले भने भित्रै आफूलाई मार्छ, त्यसैले म ओकल्ने काम गर्छु। बाँकी, म सबैको प्रिय बन्न यो संसारमा आएको होइन, म बाँच्न आएको हुँ। म अरूको कारणले आफूलाई दुख दिन चाहन्न। धन्यवाद।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *