हङकङद्वारा नेपालसामु १८९ रनको लक्ष्य
खेलकुद
काठमाडौं । एसियन गेम्स क्वालिफायरको उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ। सिंगापुरस्थित सिंगा ओभल मैदानमा जारी फाइनल खेलमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो। उसका लागि अंशुमान रथले उत्कृष्ट ८० रनको योगदान दिए। यस्तै, शाहिद वसिफले ५५ रन तथा शिव माथुरले २६ रन जोडे।
अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि बलिङमा शेर मल्ल चम्किए। उनले ४ विकेट लिए। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
