‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज
समाचार
दाङ। राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको अवस्था विश्लेषण गर्न सहज भएको छ ।गाउँपालिका अध्यक्ष प्रकाश विष्टले यहाँ राखिएको मेसिनले पालिकाभित्रको वातावरण प्रदूषणको अवस्था थाहा हुने भएकाले वातावरण संरक्षण, वृक्षरोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसम्बन्धी योजना बनाउन सहज भएको बताउनुभयो ।
उक्त यन्त्रले २४ घण्टा नै वातावरणको निगरानी गर्ने गरेको छ । “हाल पालिकाभित्र उद्योग, सवारीसाधन र अन्य स्रोतबाट हुने प्रदूषणको अवस्था कस्तो छ भन्ने कुरा यही यन्त्रले पत्ता लगाउँछ, जसले प्रदूषण नियन्त्रणका काम गनए सहज भएको छ”, उहाँले भन्नुभयो ।दुई वर्षअघि यहाँ स्टेशन स्थापना गरिएको हो । सङ्घीय सरकारले करिब रु एक करोड मूल्यको मेसिन जडान गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
