`

‘मिस नेपाल’ २०२६ का लागि ७८ सुन्दरीको अडिसन

Nepal One HD २९ जेठ २०८३ १२:२०
मनोरञ्जन

काठमाडौं । मिस नेपाल २०२६ का लागि आयोजित अडिसनहरू सम्पन्न भएका छन्। मंगलबार ललितपुरस्थित द प्लाजामा काठमाडौं अडिसन सम्पन्न भएको हो, जसमा ६० जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए।

यसअघि नेपालगञ्ज, पोखरा, विर्तामोड, जनकपुर, इटहरी र बुटवलमा समेत अडिसनहरू सञ्चालन गरिएका थिए। द हिडन ट्रेजरका अनुसार देशभरका अडिसनहरूमा कुल ७८ जना सुन्दरीहरूले सहभागिता जनाएका थिए भने यस वर्ष १०० भन्दा बढीले आवेदन दिएका थिए।

संस्थाका प्रबन्ध निर्देशक प्रमोद कंशाकारका अनुसार अडिसनमा सहभागी भएकामध्येबाट प्रारम्भिक रूपमा २८ जना छनोट गरिनेछ। त्यसपछि अन्तिम चरणमा पुगेर २४ जना फाइनलिस्ट चयन गरिनेछ।

यस वर्षको मिस नेपाल प्रतियोगिता आगामी साउन १६ गते (अगस्ट १) ललितपुरस्थित द प्लाजामै आयोजना हुने तय गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *