विश्वकपमा आज दुई खेल, अमेरिकाले पाराग्वे र क्यानाडाले बोस्निया एन्ड हर्जेगोभिनासँग प्रतिस्पर्धा गर्ने
काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो दिन आज दुई रोमाञ्चक खेल हुँदैछन्। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै विजयी सुरुआत गरेको थियो।
दोस्रो दिन आयोजक राष्ट्र क्यानडा र अमेरिका मैदानमा उत्रने तयारीमा छन्। समूह ‘बी’ अन्तर्गत क्यानडाले बोस्निया एन्ड हर्जेगोभिनासँग प्रतिस्पर्धा गर्नेछ। यो खेल क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्ड (टोरन्टो स्टेडियम) मा हुनेछ। खेल नेपाली समयअनुसार शनिबार बिहान १२:४५ बजे सुरु हुनेछ।
त्यसैगरी, समूह ‘डी’ अन्तर्गत आयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ। अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियम (लस एन्जलस स्टेडियम) मा हुने उक्त खेल नेपाली समयअनुसार शनिबार बिहान ६:४५ बजे सुरु हुनेछ।
४८ टोली सहभागी रहेको विश्वकपमा कुल १२ समूह रहेका छन्। प्रतियोगिताको समूह चरणका खेलहरू जुन २७ सम्म सञ्चालन हुनेछन्।
