`

फिफा विश्वकप : मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

Nepal One HD ३१ जेठ २०८३ ८:५४
खेलकुद

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिल र मोरक्कोले बराबरी खेलेका छन् । शनिबार न्यु जर्सीस्थित न्युयोर्क-न्यु जर्सी स्टेडियममा भएको खेलमा ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेलेका हुन् ।

खेलको २१औँ मिनेटमा मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले गोल गर्दै १-० को अग्रता दिलाएका थिए । ब्राजिलले खेलको ३२ औं मिनेटमा स्टार स्ट्राइकर भिनिसियस जुनियरले गोल गर्दै खेललाई १-१ को बराबरी बनाएका थिए । पहिलो खेलमा दुवै टोलीले एक–एक अंक जोडेका छन् । ब्राजिलले आफ्नो दोस्रो खेलमा हाइटीसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *