`

नीति शाह किन हुँदैछिन् अन्तर्वार्ताबाट टाढा ?

Nepal One HD २ असार २०८३ १७:५०
मनोरञ्जन

काठमाडौं। अभिनेत्री तथा मोडल नीति शाह पछिल्लो समय युट्युब अन्तर्वार्ता र पोडकास्टहरूमा निकै कम देखिन थालेकी छन् ।

उनका प्रशंसकहरू नयाँ अन्तर्वार्ताको प्रतीक्षामा रहे पनि उनी भने अब सार्वजनिक संवादका विषयमा अझ बढी सचेत र छनोटशील बनेकी छन् ।

हालै एक प्रश्नको जवाफ दिँदै उनले अब आफू हरेक प्रकारका अन्तर्वार्ता वा संवादमा सहभागी नहुने स्पष्ट संकेत दिएकी छिन् ।

युट्युब तथा विभिन्न पोडकास्टहरूमा किन नदेखिएको भन्ने जिज्ञासामा उनले अर्थहीन वा केवल समय बिताउने उद्देश्यले गरिने कुराकानीमा रुचि नरहेको बताएकी हुन् ।

नीतिका अनुसार, उमेर र अनुभवसँगै आफूले सहभागी हुने संवादलाई लिएर दृष्टिकोण परिवर्तन भएको छ । उनले भनिन्, ‘म अब अर्थपूर्ण विषयमा मात्र कुराकानी गर्न रुचाउँछु । केवल व्यक्तिगत जीवनका सतही प्रश्न वा टाइमपासका लागि गरिने संवादले मलाई आकर्षित गर्दैन ।’

उनले सुरुवाती दिनमा आफू धेरै सोझो र नर्भस रहने, तथा सीमारेखा स्पष्ट गर्न नसक्ने अवस्थामा रहेको स्मरण गर्दै अहिले भने आफ्नो व्यक्तिगत जीवनबारे सार्वजनिक रूपमा धेरै कुरा गर्न नचाहने बताइन् ।

साथै, उनले क्लिकबेट शीर्षक र सन्दर्भभन्दा बाहिर काटिएका भिडियो क्लिपहरूलाई लिएर पनि असन्तुष्टि व्यक्त गरेकी छन् । उनका अनुसार यस्ता सामग्रीले वास्तविक सन्देश विकृत गर्ने र दर्शकलाई गलत धारणा दिने खतरा हुन्छ ।

यद्यपि, उनले फिल्म प्रचार–प्रसारका क्रममा अन्तर्वार्ता आफ्नो पेशागत जिम्मेवारीको हिस्सा भएको स्वीकार गरेकी छन् । तर, व्यक्तिगत अनुभव, सिकाइ र अर्थपूर्ण विषयमा केन्द्रित संवाद मात्र आफूलाई उपयुक्त लाग्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *