लुइस रोमोको निर्णायक गोल, मेक्सिकोको लगातार दोस्रो जित
खेलकुद
काठमाडौं । सहआयोजक मेक्सिको दक्षिण कोरियामाथि १–० को जित हासिल गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।
मेक्सिकोको ग्वाडलाहारा स्टेडियममा शुक्रबार बिहान भएको समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै एक खेलअगावै अन्तिम चरणमा स्थान सुरक्षित गरेको हो।
मेक्सिकोको जितका लागि खेलको ५०औँ मिनेटमा लुइस रोमोले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
