गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल
देवदह (रुपन्देही) – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज पौडेलले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने बताउनुभएको छ ।
ट्राङ्क्विलिटी स्पाले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित गरेको एक कार्यक्रममा उहाँले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।
राजनीतिक तथा कुटनीतिक कारणले विमानस्थल नचलेको भन्ने कुरामा सत्यता नरहेको उहाँको भनाइ थियो । मन्त्री पौडेलले नीतिगत त्रुटी मूलभूत कारण भएको उल्लेख गर्दै यसलाई सच्याउने कार्य भइरहेको उहाँको भनाइ छ ।
पौडेलले भन्नुभयो “घरमै बसेर श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ । यसका लागि काठमाडौँ जान पर्दैन । ”
मन्त्री पौडेलले जहाजमा केवल नेपाली श्रमिकलाई विदेश लैजाने र घर ल्याउनेभन्दा पनि पर्यटक (यात्रु) ल्याउन प्रवद्र्धनका कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भविष्यमा निजगढ विमानस्थल पनि बन्नुपर्ने बताउनुभयो ।
