प्रधानमन्त्री शाह आज दिउँसो चितवन जाने
बिशेष
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज दिउँसो चितवन पुग्ने भएका छन् ।
रास्वपाका वरिष्ठ नेता समेत रहेका शाह आइतबार दिउँसो साढे १२ बजे भरतपुर पुग्ने महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनले सभापति र पार्टीका नेताहरूसँग छलफल गर्ने कार्यतालिका तय भएको उनले बताए ।
नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री शाह र सभापति रवि लामिछानेले घण्टी बजाएर महाधिवेशन उदघाटन गर्नेछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
