नरेश खातीको माया जुनी जुनीको भिडियोमा रामकृष्ण र रचना
काठमाडौँ । गायक तथा सर्जक नरेश खातीले माया जुनी जुनीको बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वर रहेको सार्वजनिक गीतमा नरेश खातीको शब्द तथा संगीत रहेको छ । गीत मदन केसीले एरेन्ज गरेका हुन्। एक रोमान्टिक प्रेम जोडीको कहानीको कथा भनिएको गीतले सँगै बाँच्ने र सँगै मर्ने कुरामा जोड दिएको छ । रोमान्टिक गीतको भिडिओमा गायक गायिकाद्धय रामकृष्ण र रचना नै फिचर्ड छन् ।
यो विसुद्ध मायाप्रेममा आधारित गीत हो। प्रेमी प्रेमीका एकअर्कासँग जति रिसाए पनि, जति झगडा गरे पनि जिन्दगी संगै कटाउने हो भन्ने भाव यसले बोकेको छ गायक, सर्जक तथा मोडल नरेश खातीले भने लोक, आधुनिक शैलीको गीतलाई पक्कै माया गर्नुहुनेछ भन्ने आशा छ। करन चौसरको छायांकन, मनोक केसीको सम्पादन रहेको गीतको भिडिओ बिग नेपाली फिल्मको सक्रियतामा निर्देशन भएको हो । भिडियो मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
