`

रविको स्वीकारोक्ति – अघिल्ला आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीसँग छैन’

Nepal One HD ७ असार २०८३ १८:०५
बिशेष

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले नेपालको राजनीतिक परिवर्तनका लागि भएका विगतका आन्दोलनलाई तिरस्कार गर्ने स्थिति आफ्नो पार्टीसँग नरहेको बताएका छन्।

चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई सम्मान गर्दै तिनलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘हामीले यसभन्दा अगाडिका आन्दोलनलाई तिरस्कार गर्दैनौं। तिरस्कार गर्ने आँट हामीमा छैन,’ उनले भने, ‘आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न हामी लागिरहने छौँ।’

सभापति लामिछानेले नेपालको संविधान, शक्ति पृथकीकरणको सिद्धान्त र लोकतान्त्रिक व्यवस्थाका आधारभूत मान्यताहरूलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए।

उनका अनुसार राजनीतिक परिवर्तनपछि बनेका संरचना र उपलब्धिहरूलाई कमजोर बनाउने होइन, संस्थागत गर्दै जनअपेक्षाअनुसार परिणाम दिन सक्ने प्रणाली निर्माण गर्नु अहिलेको मुख्य जिम्मेवारी हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *