`

‘रास्वपामा गुट छैन’ : जगदीश खरेल [भिडियो]

Nepal One HD ८ असार २०८३ १५:२५
भिडियो

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता जगदीश खरेल ले महाधिवेशनपछि पार्टीमा कुनै पनि गुट वा समूह नरहने बताएका छन्।

सोमबार चितवनमा महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले विभिन्न पृष्ठभूमिबाट आएका व्यक्ति तथा समूहहरू अब एउटै संरचनामा एकताबद्ध भएर अघि बढ्ने बताएका हुन्।

खरेलका अनुसार पार्टीमा विभिन्न समूह, पृष्ठभूमि र अन्य दलबाट आएका सदस्यहरू भए पनि ती सबैले अब साझा रूपमा रास्वपाको संगठनात्मक संरचनामा काम गर्नेछन्।

‘यहाँ विभिन्न समूहबाट, विभिन्न पार्टीबाट आएकाहरू छन्। विभिन्न पृष्ठभूमिबाट आएका छन्,’ उनले भने, ‘पहिला रास्वपा असंगठित थियो होला। ती सबै साना–साना गुट, उपगुट, समूह अन्त्य भएर यो महाधिवेशनबाट एउटा ठाउँमा आउँदै छन्। अब गुट छैन पार्टीमा।’

भिडियो:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *