रोल्पामा बस दुर्घटना, १२ यात्रु घाइते
समाचार
रोल्पा। रोल्पाको माडी गाउँपालिका-२ खोलवाङस्थित घोराही-थवाङ शहीद मार्गमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भएपछि सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला बसमा चालकसहित २९ जना सवार थिए।
दुर्घटनामा सामान्य घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि माडी गाउँपालिका–२ घर्तिगाउँस्थित स्मृति अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि उक्त सडकखण्ड अवरुद्ध बनेको छ भने बस घटनास्थलमै रहेको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
