`

रमेश प्रसाईंले गरे सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा

Nepal One HD ९ असार २०८३ १३:२७
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता रमेश प्रसाईंले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी महाधिवेशनका क्रममा उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

प्रसाईंले आफ्नो व्यक्तिगत आकांक्षा भए पनि अन्तिम निर्णय पार्टीका सार्वभौम सदस्यहरूको हातमा रहने बताएका छन्। उनले भने, ‘मेरो आकांक्षा सहमहामन्त्रीको हो। तर, मेरो आकांक्षा प्रधान होइन। सार्वभौम सदस्यहरूले गर्ने निर्णय नै प्रधान हो।’

उनका अनुसार प्रतिनिधिहरूले आफूलाई योग्य ठहर्याएमा उनी निर्वाचित हुने र त्यसलाई उनले सम्मानपूर्वक स्वीकार गर्ने बताए। उनले थपे, ‘प्रतिनिधि साथीहरूको विश्वास मैले कमाउन सकेको रहेछु भने म निर्वाचित हुन्छु, पुरस्कृत हुन्छु। पुरस्कृत भए पनि वा दण्डित भए पनि म त्यसलाई आशीर्वादका रूपमा स्वीकार गर्छु।’

पार्टीभित्र कुनै गुटगत गतिविधि नरहेको उनको दाबी छ। प्रसाईंले रास्वपा संगठनात्मक रूपमा एकताबद्ध रहेको उल्लेख गर्दै आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भएको बताए।

चितवनमा जारी महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी घोषणा भइरहेका बेला सहमहामन्त्री पद पनि चर्चामा रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *