गृहमन्त्री सुधनले पक्राउ गराए २ कुकलाई, अम्लेटमा माछाकाे काँडा भेटिएकाे आराेप
काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले अम्लेट खाँदा माछाकाे काँडा भेटिएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीहरु दुवै जना हाेटलका कुक हुन् ।
रास्वपाकाे महाधिवेशनको क्रममा चितवनमा रहेका गृहमन्त्री गुरुङले अम्लेटमा काँडा भेटिएपछि हाेटलका कामदारलाई तत्काल पक्राउ गर्न प्रहरीलाई ठाडाे निर्देशन दिएका थिए ।
एयरपोर्ट अगाडिको लर्ड होटलमा ब्रेकफास्टमा अम्लेट खानेक्रममा दुईवटा माछाको काँडा भेटिएपछि पक्राउ गरिएकाे चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताए । उनले भनेका छन्- उनीहरुलाई साेधपुछका लागि नियन्त्रणमा लिइएकाे हाे ।
अम्लेटमा माछाको काँडा भेटिएपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित खाद्य, प्रहरी लगायतको टोलीले लर्ड होटलको किचनको अनुगमन समेत गरेको छ ।
माछाकाे काँडा भेटिएकै भरमा गृहमन्त्री सुधन गुरुङले कुकलाई पक्राउ गराएपछि उनकाे चाैतर्फी विराेध भइरहेकाे छ ।
