रवि लामिछाने रास्वपा सभापति निर्विराेध निर्वाचित
बिशेष
काठमाडाैं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा निर्वाचित भएका छन्।
सभापति पदमा कसैकाे उम्मेदवारी नपरेपछि लामिछाने निर्विराेध निर्वाचित भएका हुन् । उनी निर्वाचित भएकाे निर्वाचन आयाेगले घाेषणा गरेकाे छ ।
रविको प्रस्तावकमा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) बसेका थिए। रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेताको लागि केन्द्रीय सदस्य निर्वाचित हुन पर्दैन।
पहिलो चरणको मतदान बुधबार बिहानदेखि सुरु हुने भएको छ। आयाेगका अनुसार अब ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ।
मतदानको समय भने खुलाइएको छैन। मतदान सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा गर्ने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
