`

रास्वपाको झोलाभित्र के छ?

Nepal One HD १० असार २०८३ १६:२१
प्रमुख खबर

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत चौथो दिन प्रतिनिधिहरूलाई सामग्रीसहितको झोला वितरण गरिएको छ।

महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिहरूलाई वितरण गरिएको झोलाभित्र पार्टीको क्याप, पेन, कपी तथा परिचयपत्र (आइडी कार्ड) लगायतका सामग्री राखिएको छ।

मतदान प्रक्रियामा सहभागी हुनुअघि प्रतिनिधिहरूले आफ्नो परिचयपत्र प्राप्त गरेका हुन्।

यसअघि प्रतिनिधि प्रमाणीकरणका क्रममा कागजी चिर्कटो वितरण गरिएको र आइडी कार्ड उपलब्ध नगराइएको विषयलाई लिएर केही गुनासोसमेत आएको थियो।

मतदानको दिन बुधवार प्रतिनिधिहरूलाई आवश्यक सामग्रीसहितको झोला उपलब्ध गराइएको छ।

उक्त झोलाको तस्वीर:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *