`

महामन्त्रीको दौडबाट बाहिरिए जगदीश खरेल

Nepal One HD १२ असार २०८३ १०:५०
राजनीति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै खरेलले पार्टीको दीर्घकालीन हित, सहमति र एकतालाई प्राथमिकता दिँदै उम्मेदवारी फिर्ता लिएको बताएका छन्। उनले पार्टीले अझै लामो राजनीतिक यात्रा तय गर्न बाँकी रहेकाले आपसी समझदारी र एकता सुदृढ बनाउनु आवश्यक रहेको उल्लेख गरेका छन्।

यसअघि केन्द्रीय सदस्यमा निर्वाचित भएका खरेलले महामन्त्री पदमा पनि उम्मेदवारी दिएका थिए। तर पदाधिकारी चयनको मतदान सुरु हुनुअघि नै उनले प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेका हुन्।

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत अहिले पदाधिकारी चयन प्रक्रिया जारी छ।

सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने उपसभापतितर्फ स्वर्णिम वाग्ले पनि निर्विरोध चयन भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *