`

महिला उपसभापतिमा तोशीमा र सोबिताबीच प्रतिस्पर्धा, बाहिरिइन् लिमा

Nepal One HD १२ असार २०८३ १२:०४
बिशेष

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदका लागि डा. तोशीमा कार्की र सोबिता गौतमबीच निर्वाचन हुने भएको छ।

पार्टीको निर्वाचन समितिले सहमति हुन नसकेका पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै महिला उपसभापति पदमा डा. कार्की र गौतम आमनेसामने हुने निश्चित भएको हो।

पार्टी स्रोतका अनुसार नेतृत्वले वर्तमान कोषाध्यक्ष लिमा अधिकारीलाई महिला उपसभापतिको उम्मेदवार बनाउने प्रयास गरेको थियो। तर डा. तोशीमा कार्की र सोबिता गौतम दुवैले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि अधिकारीले उम्मेदवारी नदिने निर्णय भएको बताइएको छ।

यसैबीच कानुनमन्त्रीसमेत रहेकी सोबिता गौतमलाई उम्मेदवारीबारे पुनर्विचार गर्न पार्टी नेतृत्वले आग्रह गरेको स्रोतको दाबी छ।

रास्वपाले अवलम्बन गर्दै आएको ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ अर्थात् एउटै व्यक्तिलाई दोहोरो प्रमुख जिम्मेवारी नदिने नीतिका आधारमा यस्तो सुझाव दिइएको नेताहरूको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *