`

प्रचण्डको अन्तिम क्रमभंग हेर्नुस्

Nepal One HD १२ असार २०८३ १५:१६
प्रमुख खबर

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी र लोकतान्त्रिक शक्तिबीच सहकार्यको वातावरण बन्ने बताएका छन्।

उनले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग तत्काल सहकार्यका विषयमा छलफल भइरहेको जानकारी दिएका हुन्।

विराटनगरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले आगामी महाधिवेशनबाट महत्वपूर्ण राजनीतिक निर्णय हुने संकेत गरे। उनले महाधिवेशनले पार्टीको भावी राजनीतिक दिशा तय गर्ने विश्वास व्यक्त गरे।

आफ्नो सम्बोधनका क्रममा उनले आगामी महाधिवेशनमा ‘अर्को क्रमभंग’ हुने दाबी पनि गरे। ‘प्रचण्डको अन्तिम क्रमभंग हेर्नुस्, अब कस्तो हुन्छ ?’ भन्दै उनले आगामी निर्णयले नेपाली राजनीतिमा नयाँ सन्देश दिने संकेत गरेका छन्।

प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिमा वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र नयाँ राजनीतिक समीकरणबारे विभिन्न तहमा संवाद भइरहेको पनि उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *