`

एमालेसँग तत्काल एकता गर्ने प्रचण्डको दाबी

Nepal One HD १२ असार २०८३ १५:३८
नेकपा एमाले

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग तत्काल एकताको तयारी भइरहेको बताएका छन्।

विराटनगरमा शुक्रबार आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले एमालेसहित अन्य वामपन्थी दल र लोकतान्त्रिक शक्तिहरूसँग पनि संवाद भइरहेको जानकारी दिए।

प्रचण्डले आगामी महाधिवेशनबाट फेरि एकपटक ‘क्रमभङ्ग’ हुने संकेत गर्दै पार्टीको राजनीतिक रणनीतिमा नयाँ मोड आउने दाबी गरे। साथै, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई पनि प्राथमिकतामा राखिने उनको भनाइ थियो।

यता, एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओली ले पूर्वराष्ट्रपति विद्या भण्डारी लाई अघि सारेर प्रचण्ड र माधव नेपाल सँग वाम एकताको सम्भावना खोजिरहेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *