संसद सुरु हुनेबित्तिकै विपक्षीको उठेर विरोध
बिशेष
काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्।
सिंहदरबारस्थित संघीय संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गरेलगत्तै विपक्षी सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगै नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले एकैसाथ विरोध जनाएका छन्। उनीहरूले बैठकको सुरुवातमै उभिएर आफ्नो असहमति प्रकट गरेका हुन्।
विरोधका बीच सभामुख अर्यालले संसद्को कार्यसूची अगाडि बढाउने प्रयासस्वरूप नेपाली कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्न समय दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
