सरकारद्वारा चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
प्रमुख खबर
काठमाडौं। सरकारले यसअघि जारी गरेका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस गरेको छ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रीङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गरिएको हो।
सरकारले अध्यादेशमार्फत लागू गरिएका कानुनी व्यवस्थालाई संघीय संसदबाट अनुमोदन गराउने प्रक्रियाअन्तर्गत यी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा दर्ता तथा प्रस्तुत गरेको हो।
अब यी विधेयकमाथि संसदमा आवश्यक छलफल र प्रक्रियापछि निर्णय हुनेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
