सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेल विशेष अदालतमा उपस्थित
प्रमुख खबर
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको मुद्दाका सिलसिलामा उनलाई अदालतमा उपस्थित गराइएको हो। विभागले व्यवसायी दीपक भट्टलाई सेयर खरिद प्रक्रियामा पदको दुरुपयोग गर्दै सहजीकरण गरेको आरोपमा पौडेलमाथि अनुसन्धान अघि बढाइरहेको छ।
पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि विभागले उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी राखेको छ।
यसअघि पौडेलको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सम्बन्धित निकायका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
