जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु, दुई घाइते
समाचार
जुम्ला । जुम्लामा बुधबार साँझ परेको चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको स्थानीय छोटा खर्क पाटनमा भेडा चराउन गएका बेला चट्याङ लागेर मृत्यु भएको हो।
सोही घटनामा हिमा गाउँपालिका–२ कै २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। प्रहरीका अनुसार दुवै जनाको अवस्था सामान्य छ।
चट्याङका कारण केही भेडाबाख्रा पनि मरेका छन्। तर, क्षतिको यकिन विवरण आइनसकेकाले तथ्याङ्क संकलन भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, चन्दननाथ नगरपालिका–१० स्थित बोहरागाउँको सिद्धि गणेश सामुदायिक वन क्षेत्रमा परेको चट्याङले १२ वटा खसीबाख्रा मरेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
