`

एमालेका नेता कोइरी जेल चलान

Nepal One HD १९ असार २०८३ १४:०४
नेकपा एमाले

जनकपुरधाम। नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतोलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ।

महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका महतोलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमार्फत अदालतमा पेस गरिएको थियो। अदालतको आदेशपछि उनलाई कैद सजाय भुक्तानका लागि जलेश्वर कारागार पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए।

दोस्रो मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले महतोलाई यसअघि सफाइ दिएको थियो। तर उच्च अदालत जनकपुरले उक्त फैसला उल्ट्याउँदै बुधबार उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।

उच्च अदालतको फैसलापछि प्रहरीले महतोलाई गौशालाबाट पक्राउ गरेको थियो। उनीविरुद्धको मुद्दामा अब उच्च अदालतले तोकेको सजाय कार्यान्वयन प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *