`

बालेनले भने- शाैचालय संसदमा देखिन, प्रधानमन्त्री कार्यालय गएँ [भिडियो]

Nepal One HD २१ असार २०८३ १३:३७
भिडियो

काठमाडौं। प्रधानमन्त्री बालेनले शौचालय नभएपछि २८ वैशाखमा संसद भवनदेखि प्रधानमन्त्री कार्यालय गएको बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बालेन सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन बाहिरिएका थिए ।

त्यसपछि उनलाई विपक्षी सांसदहरूले अमर्यादित प्रधानमन्त्री भने । त्यसबारे जवाफ मागे । तर, दुई महिनापछि प्रधानमन्त्री बालेनले आफू त्यस दिन संसद भवनमा शौचालय नदेखिएपछि प्रधानमन्त्री कार्यालय गएको बताएका हुन् ।

तर, संसद भवनमा शौचालय नभएको भने होइन, छन् । संसदका कर्मचारी, सांसदहरू त्यहीँका शौचालय प्रयोग गर्छन् ।

यद्यपि, प्रधानमन्त्री बालेनले भने शौचालय नदेखिएपछि प्रधानमन्त्री कार्यालय आएको बताएका हुन् । प्रधानमन्त्रीको यस्तो जवाफलाई मानिसहरूले पत्याएका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *